Latest Updates :

बाकसमा थुनिएर ७ बर्षका बालकको मृत्यु...

SHARE THIS POST :
दाङ– पश्चिम दाङमा कपडा राख्ने बाकसमा थुनिएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चकुले गाविस ८ ढोलपुर निबासी चीत्रबहादुर डाँगीका ७ बर्षका छोरा दिपेश डाँगी रहेका छन् ।इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक इन्द्रबहादुर साउदका अनुसार शनिबार बेलुकबाट हराइरहेका बालक आइतबार विहान बाकसमा मृत फेला परेका थिए ।

बालककी अजुरआमाले बाकसबाट बर्की (सल) झिक्न बाकस खोल्ने क्रममा उनि मृत अवस्थामा भेटिएका हुन् । बाकस भित्र पसेर पैसा खोज्ने क्रममा एक्कासी ढकन लागेर कुण्डीमा अट्कीएपछि बालकको मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ । बालकको हातमा १० रुपैयाँ भएकाले बालक घरको एक तलामाथि बाकस राखेको ठाउँमा पैसा खोज्न गएको हुन सक्ने प्रहरीले जनाएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. onlinetv24 - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger